Live

Today:Friday,October 21, 2016

Studio time:

कृष्णसार कर्मी

  • तुला अधिकारी

    तुला अधिकारी

    तुला अधिकारी विगत १८ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । पत्रकारिता तथा आम सञ्चार विषयमा स्नातकोत्तर गरेका अधिकारीले २०५४ सालबाट छापा माध्यम मार्फत पत्रकारिता पेशामा आएका हुन् । अध्ययन तथा पत्रकारिताका लागि झण्डै १० वर्ष राजधानीमा विताएका अधिकारी पत्रकारिता विषयका प्रशिक्षक समेत छन् । कृष्णसार एफएमका संस्थापक अध्यक्ष अधिकारीले भारत, थाइल्याण्ड, मलेशिया, सिंगापुर, कोरिया, टर्की लगायतका आधा दर्जन देशको भ्रमण गरेका छन् । सामुदायिक रेडियो प्रसारक संघका लेखा समिति संयोजक अधिकारी नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद पनि छन् ।

     

  • नवीन गिरी

    नवीन गिरी

    नवीन गिरी विगत १५ बर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । भौतिक विज्ञानमा आइएस्सी र ग्रामीण विकासमा स्नातकोत्तर गरेका गिरीले २०५७ सालदेखि दाङको सीमारेखा साप्ताहिकबाट पत्रकारिता थालेका हुन् । आधा दर्जन सञ्चारगृहहरुमा काम गरेको अनुभव बटुलेका गिरीले मनोरञ्जनात्मक रेडियो कार्यक्रम सञ्चालनदेखि लिएर रेडियोमा व्यवस्थापकीय जिम्मेवारी पनि बहन गरिसकेका छन् । कृष्णसार एफएमका समाचार सम्पादक गिरी नेपाल पत्रकार महासंघका साधारण सदस्य हुन् । 

  • प्रियास्मृति ढकाल

    प्रियास्मृति ढकाल

    प्रियास्मृति ढकाल विगत १२ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । लोकगित कार्यक्रम सञ्चालकबाट रेडियो पत्रकारिता सुरु गरेका ढकाल संवाददाता, समाचार सह–संयोजक हुँदै अहिले रेडियो कृष्णसार एफएममा समाचार संयोजकको जिम्मेवारीमा छन् । ढकालले दाङ्गको महेन्द्र बहुमुखि क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह उर्तिण गरेका छन् । ढकाल पत्रकार महासंघ बाँकेका कार्यसमिति सदस्य छन् ।

  • साबित्रि गिरी

    साबित्रि गिरी

    साबित्रि गिरी विगत ७ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छिन् । २०६५ सालदेखि पत्रकारिता पेशामा क्रियाशील  गिरीले अंग्रेजी र ग्रामीण बिकासमा स्नातक तह उत्तीर्ण गरेकी छिन् । उनी रेडियो कृष्णसार एफएममा २०६७ सालदेखि समाचार शाखामा कार्यरत छिन् । उनले रेडियो कार्यक्रम साझेदारी, बिट न्युज, सचेतना, महिला अधिकारको सवालमा केन्द्रीत कार्यक्रम समशान्ति र ज्ञानबर्द्धक कार्यक्रम कृष्णसार क्विज नियमित संचालन गर्दे आएकी छिन् । गिरी पत्रकार महासंघ बांके शाखामा  साधारण सदस्य पनि छिन् । 

  • खगेन्द्र दाहाल

    खगेन्द्र दाहाल

    खगेन्द्र दाहाल विगत ९ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । व्यङ्ग्यात्मक र लोक दोहोरी कार्यक्रम सञ्चालन गरेर रेडियो पत्रकारिता सुरु गरेका दाहाल हाल कृष्णसार एफएममा कार्यक्रम उत्पादक तथा प्रस्तोता पदमा कार्यरत छन् । खगेन्द्रले कृष्णसार एफएममा कृषि सम्बन्धि कार्यक्रम खेती किसानी, लोकगती सम्बन्धि कार्यक्रम इन्द्रेणी र भञ्ज्याङ्ग उत्पादन तथा सञ्चालन गर्दै आएका छन् । खगेन्द्र कृष्णसार अनलाईनका संयोजकको भूमिकामा समेत छन् । कृषि पत्रकार समूह बांकेका अध्यक्ष दाहाल नेपाल पत्रकार महासंघ बांकेका साधारण सदस्य समेत छन् ।

Onair Now

पप द टप पुनः

क्यापिटल नवीन
समय : २१:१५ - २२:००

Up Next

पश्चिम डायरी

न्यूज टिम
समय : २२:०० - २२:३०

space for add
Powered By: i-Tech Nepal